बैतडी : बैतडीको सुर्नया गाउँपालिकाका भूमिहीनहरुलाई निवेदन दिन आह्वान गरिएको छ ।
राष्ट्रिय भूमि आयोगले बिहीबार सूचना जारी गर्दै ३५ दिनभित्र निवेदन दिन भनेको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐर (कपिल)ले यसअघि पनि निवेदन आह्वान गरिएको तर सुर्नयामा लगत संकलनको काम नसकिएकाले फेरि सूचना निकालिएको बताए ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह गरिएको हो ।
बैतडीमा २ हजार २ सय भन्दा बढी परिवार सुकुम्बासी रहेका अनुमान गरिएको छ ।
