दार्चुलामा छकंरादेवीको कुटपीटबाट भुन्टीदेवी घाइते

दार्चुला : दार्चुलामा कुटपीटबाट एक महिला घाइते भएकी छन्।

मार्मा गाउँपालिका–६ मङदाङकी ४० वर्षीया छकंरादेवी डडालको कुटपीटबाट सोहि ठाउँकी ६५ वर्षीया भुन्टीदेवी डडाल घाइते भएकी छन्। भुन्टीलाई छकंराले बिहीवार राति घरायसी विवादका कारण कुटपीट गरेको प्रहरीले जनाएको छ।

घाइते भएकी भुन्टीलाई स्थानिय सामुदायिक स्वास्थ्य ईकाई मङदाङमा सामान्य उपचार पश्चात थप उपचारको शुक्रवार बिहान धनगढी पठाएकोे छ।

घाईते भुन्टीको दुबै हात र बाँया खुट्टामा चोट लागेको छ। घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरी सहायक निरीक्षक नरेशदत्त पन्तको कमाण्डमा ४ जनाको टोली खटाइएको दार्चुला प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...