बैतडीमा बालुवा खन्ने क्रममा ढुंगा लागेर एक जनाको मृत्यु

बैतडी : बैतडीमा ढुंगा लागेर एकजनाको मृत्यु भएको छ।

बालुवा खन्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर सिगास गाउँपालिका–५ साउनसल्याडीका अन्दाजी ५४ वर्षीय प्रेमसिंह धामीको मृत्यु भएको हो।

गाउँमा निर्माण भइरहेको साउनसल्याडी सिँचाइ कुलोको लागि बालुवाखानीमा बालुवा निकाल्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर टाउकोमा चोट लागेर धामी गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहीवार साँझ घटना भएको र सोही राति नै धामीको मृत्यु भएको हो।

Deep Jyoti Pustak psl
Loading...