अत्तरियामा अवैध घरेलु मदिरा बरामद

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – १ अत्तरियाको वरपीपल नारायण टोलबाट अवैध घरेलु मदिरा बरामद गरिएको छ ।

शनिवार इलाका प्रहरी कार्यालय मालाखेती अवैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने भाडा बरामद गरेको हो । जसअन्तर्गत १८५ लिटर घरेलु मदिरा (लोकल रक्सी), कच्चा पदार्थ ६ सय लिटर, चुलो २ थान, रक्सी बनाउने भाडा २ थान र अन्य भाडा बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताएका छन् ।

उनले नारायण टोलमा रहेका कल्पना साउँद र बल बहादुर थापाको घरबाट उक्त घरेलु मदिरा बरामद गरेको बताए । उनीहरूले घर सँगै छुटै टिनको टहरो बनाएर मदिरा बनाउने गरेको पाइएपछि बरामद गरिएको डिएसपी बरालले बताए ।

Dhangadhi 2081
Loading...