दार्चुला : दार्चुलामा चितुवाको छालासहित एक जना पक्राउ परेका छन्।
मार्मा गाउँपालिका–२ लटिनाथ बजार नजिकबाट चितुवाको जस्तो देखिने छाला २ थानसहित नौगाड गाउँपालिका ४ सिप्टी बस्ने ३६ वर्षीय शेरसिंह धामीलाई आईतवार साँझ प्रहरीले पक्राउ गरेको हो।
नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर,जिल्ला प्रहरी कार्यालय दार्चुला र ईलाका प्रहरी कार्यालय लटिनाथ दार्चुलाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनको झोलाबाट चितुवाको छाला फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सिंहले जानकारी दिए।
