डोटी : डोटीको बडीकेदार गाउँपालिकामा रहेको श्री केदार ज्योति पुञ्ज बहुमुखी क्याम्पस भवनको शिलान्यास गरिएको छ ।
भारत सरकारको २ करोड ८९ लाखको लागतमा निर्माण गरिने क्याम्पस भनकोे सोमबार शिलान्यास गरिएको हो ।
भवनको गाउँपालिका अध्यक्ष भैरव बहादुर साउद र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले शिलान्यास गरेका छन ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोगमा विभिन्न सुविधाहरूसहितको दुई तल्ले क्याम्पस भवनको निर्माणका लागि उपयोग गरिने छ ।