अत्तरिया : कञ्चनपुरमा जङ्गली हात्तीको बथानले उखु बालीमा क्षति पु–याएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण रानाको उखुबारीका जंगली हात्तिको बथानले क्षती पु–याएको हो ।
हात्तिको बथानले उखुबारी सखाप पारेपछि कृषक राना चिन्तीत बनेका छन । बैङ्कबाट ऋण निकालेर लगाएको उखुबारी जङ्गली हात्तीको बथानले सखाप पार्दा उनि चिन्तित बनेका हुन ।
उनले कृषि विकास बैङ्कबाट १० लाख रुपैया ऋण निकालेर उखुखेती गरेको बताएका छन ।

ऋण लिएर सुरुवात गरेको खेती पनि जङ्गली हात्तीले नोक्सान गर्न थालेपछि लाखौँ घाटा व्यहोर्नुपरेको रानाले बताए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले रानाको डेढ बिघा जग्गामा गरिएको उखु खेतीमध्ये आधा बिघाको उखु पूरै कुल्चेर तथा खाएर नोक्सानी गरेको छ ।
रातिका बेला उखुबारीमा हात्तीको बथान पसेको छिमेकीले फोन गरेर जानकारी दिएपछि आगोको राँको बालेर तर्साएर मुस्किलले भगाउन सकिएको उनी बताउँछन् ।
घर नजिकै उखुबारी भएकाले तीन वटा छावासहित १० भन्दा बढीको संख्यामा हात्तीको बथान तीन दिनदेखि लगातार आउन थालेपछि ज्यानको समेत जोखिम हुँदा राना परिवार चिन्तित बनेका छन ।
