कैलालीमा ३ महिलासहित ४ जना फरार प्रतिवादी पक्राउ

धनगढी : कैलालीबाट ३ महिलासहित ४ फरार प्रतिवादी पक्राउ परेका छन्।

वन मुद्दामा ८ हजार ३९६ जरिवाना ठहर भएका गोदावरी नगरपालिका–९ बस्ने कालुराम राना, सोही मुद्दामा १२ हजार जरिवाना ठहर भएकी टीकापुर नगरपालिका–५ बस्ने लक्ष्मी चौधरी रहेका छन्।

यस्तै चेक अनादार मुद्दामा ९ सय जरिवाना ठहर भएकी टीकापुर नगरपालिका–४ बस्ने सरिता चौधरी र सोही मुद्दामा १ हजार जरिवाना ठहर भएकी टीकापुर नगरपालिका–१ बस्ने रिता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका ४ जना प्रतिवादीहरुलाई मंगलवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको चन्दले जानकारी दिए।

चारै जनालाई अदालत समक्ष पेश गरिएको छ।

Deep Jyoti Pustak psl
Loading...