दार्चुलामा मदिरा सेवन गरी होहल्ला गर्ने एक जना पक्राउ

अत्तरिया : दार्चुलामा मदिरा सेवन गरी होहल्ला गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शैल्यशिखर नगरपालिका–९ का सुरेशसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

सोही वडाको गोकुलेश्वरमा महाशिवरात्रीको अवसरमा लागेको मेलामा विष्टले मदिरा सेवन गरेर होहल्ला गरेपछि हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादु सिंहले बताए ।

उनले यस विषयमा थप अनुसन्धान भइरहेको बताए ।

Dhangadhi 2081
Loading...