काठमाडौँ : त्रिकोणात्मक ट्वान्टी-२० शृंखलाको फाइनलमा नेपालले पपुवा न्यु गिनी९पीएनजी० सँग ८६ रनको ठूलो हार बेहोरेको छ । बुधबार पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल सस्तैमा समेटिएको हो ।
त्रिकोणात्मक ट्वान्टी(२० शृंखला स् फाइनलमा पीएनजीसँग ८६ रनले हार्यो नेपाल बुधबार नेपाल १६.३ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्र बनायो । मंगलबार भने नेपालले लिग चरणको अन्तिम खेलमा पीएनजीलाई ८५ रनले हराएको थियो ।
बुधबारको खेलमा नेपालका कुनै पनि ब्याटरहरू चल्न सकेनन् । नेपालका लागि सन्दीप जोराले बनाएको १७ रन नै व्यक्तिगततर्फ उच्च स्कोर रह्यो । त्यस्तै आरिफ शेखले १५ र रोहित पौडेलले १२ रन बनाए । नेपाली इनिंग्सलाई सस्तैमा समेट्न पीएनजीका लागि काबुआ मोरिया, सेमो कामिया, चाड सोपर र सेसे बाउले २र२ विकेट लिए । त्यस्तै एलेई नाओले १ विकेट लिए ।
यसअघि हङकङको मिसन रोड ग्राउन्डमा टस हारेर पहिले ब्याटिङमा आएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । पीएनजीका लागि टोनी उराले सर्वाधिक ६१ रन बनाए । ३७ बल सामना गरेका उनले ५ चौका र ४ छक्का हानेका थिए । पीएनजीका कप्तान असद भाला भने २ रनमै आउट भए । आकाश चन्दको बलिङमा विनोद भण्डारीले उनलाई क्याचआउट गरेका हुन् । पीएनजीका लागि अलेई नाओले अन्तिममा विस्फोटक ब्याटिङ गर्दै टिमको रन बढाए ।
१० बलमा ३ छक्का र १ चौकासहित उनले ३० रन बनाए । त्यस्तै हिरी हिरीले १५, हिला वारेले १८ रन बनाए । नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले ३र३ विकेट लिए । त्यस्तै करण केसी र गुलशन झाले १र१ विकेट लिए ।
नेपाल र हङकङबीचको आइतबार खेल वर्षाका कारण बीचैमा रोकिएर रद्द भएको थियो । पपुवा न्युगिनीमाथिको मंगलबारको जितले नेपाललाई फाइनलमा डोर्याएको हो । मंगलबारै लिगको अन्तिम खेलमा हङकङलाई १० विकेटले पराजित गरेपछि पपुवा न्युगिनीले नेपालसँग फाइनल खेल्ने पक्का भएको हो ।
