गोदावरीमा लागूऔषधसहित एक युवक पक्राउ

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – १ भरतपुर स्थित राम जानकी मन्दिर नजिकबाट लागूऔषध खैरो हेरोइन सहित एक युवक पक्राउ परेका छन ।

२८० मिलिग्राम लागू औषध खैरो हेरोईन सहित स्थानीय २६ वर्षिय माधब बिष्ट पक्राउ परेका हुन ।

बुधबार साँझ बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बिष्टलाई पक्राउ गरेको थियो ।

Deep Jyoti Pustak psl
Loading...