गोदावरीमा आजदेखि पालिका स्तरिय परीक्षा सुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपािलकामा आजदेखि पालिका स्तरिय परीक्षा सुरु हुँदैछ ।

नगरपालिका भित्रका १२ वटा केन्द्र र एउटा उप केन्द्रमा शुक्रबार देखि आधारभुत तह कक्षा ८ को अन्तिम परिक्षा हुन लागेको हो । बिहान ८ बजेदेखि १० बजेसम्म परिक्षा सञ्चालन हुने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

परिक्षामा २ हजार २ सय २६ जना विद्यार्थी सहभागी हुने जनाइएको छ । परिक्षाको सबै तयारी पुरा भएको शिक्षा शाखाले जनाएको छ ।

Loading...