डडेल्धुराको गन्यापधुरामा एक जना मृत फेला

डडेल्धुरा : डडेल्धुरामा एकजना मृत फेला परेका छन्। जिल्लाको गन्यापधुरा गाँउपालिका–२ का करिब ३८ वर्षीय गणेशबहादुर मल्ल मृत फेला परेका हुन्।

Godawari_Badhi

बडाल जाने बाटो आमबारीमा उनी लडेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। थाइराइडका बिरामी रहेका मृतक मल्लकी श्रीमती भारतमा र छोरीहरु कैलालीमा छन्।

मृतकको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Dhn Upamahanagarpalika_Badhi
Loading...