डोटीको आदर्श गाउँपालिकामा एक पुरुष मृत फेला

डोटी : डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको आदर्श गाउँपालिका ५ गोग्नाडी पतना बस्ने अन्दाजी ३८ वर्षीय लक्ष्मण भट्टराई शनिवार दिउँसो सोही वडाको नौलाखोला भन्ने स्थानमा मृत फेला परेका हुन् ।

उनी सडकबाट अन्दाजी ५०० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डोटीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।

Loading...