कैलालीमा जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ 

अत्तरिया : कैलालीमा जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको कैलारी गाउँपालिका–१ का ४८ वर्षीय कृष्णप्रसाद चौधरीलाई धनगढी उपमहानगरपालिका–७ मनहेराबाट बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

चौधरीलाई जिल्ला अदालत कैलालीले जबरजस्ती करणीको आरोपमा २०७६ पाल्गुन २१ गते १ हजार जरिवाना र १ वर्ष कैद तोकेकोे थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए।

चौधरीलाई कारबाहीको लागि आजै अदालत पेश गरिएको प्रहरीले जनाएको छ।

Loading...