बझाङमा सडक कालोपत्र गर्दा आगलागी हुँदा मेसिन अपरेटर गम्भीर घाइते, धनगढी रिफर

बझाङ : बझाङमा सडक कालोपत्र गर्दा आगलागी भएको छ।

जिल्लाको केदास्यु गाउँपालिका–५ अख्तरबगरस्थित बागथला बिजगाडा सडका कालोपत्र गर्ने क्रममा आगलागी भएको हो। सडकमा अलकत्रा हाल्ने मेसिनमा सोमबार साँझ आगलागी भएको प्रहरीले बताएको छ।

आगलागी हुँदा मेसिन जलेर क्षति भएको छ। साथै आगलागीमा जलेर गम्भीर घाइते भएका मेसिन अपरेटर बित्थडचिर गाउँपालिका–२ का २८ वर्षीय डम्बर बोहराको प्राथमिक स्वास्थ्य केन्द्र देउरा हुँदै थप उपचारको लागि माया मेट्रो अस्पताल धनगढी रिफर गरिएको छ।

Dhangadhi 2081
Loading...