देशभर एसईईका लागि २ हजार ५७ परीक्षा केन्द्र 

भक्तपुर : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको बताएको हो । यही चैत्र १५ गतेदेखि २७ गतेसम्म एसईई परीक्षा सञ्चालन हुँदैछ ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षामा देशभरबाट करिब पाँच लाख विद्यार्थी सहभागी हुने बताए । उनले एसईईको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।

Dhangadhi 2081
Loading...