दार्चुलामा एक पुरुष मृत अवस्थामा फेला

दार्चुला : दार्चुलामा एक जना मृत अवस्थामा फेला परेका छन्।

महाकाली नगरपालिका–४ बाङ्गाबगड स्थित सोही नगरपालिका–५ मोहती जाने बाटो नजिक महाकाली नगरपालिका–१ कटौजे घर भई हाल खलंगा दार्चुला बस्ने ४४ वर्षीय चन्द्रसिंह कुँवर शनिवार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रवहादुर सिंहले बताए।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली खटिई आवश्यक अनुसन्धान गरिरहेको छ।

Dhangadhi 2081
Loading...