बझाङमा स्थानीयको ढुङ्गा प्रहारबाट प्रहरी घाइते, हवल्दार खड्काको अवस्था मध्यम

बझाङ : बझाङमा स्थानीयको ढुङ्गा प्रहारबाट प्रहरी घाइते छन्। जिल्लाको केदारस्युँ गाउँपालिका–९ झोता बजारमा युवकले प्रहरीलाई ढुङ्गा प्रहार गरेर घाइते बनाएका हुन्।

आइतवार राति झोता बजारस्थित होटल के एम डिमा कोठा लगेर बसेका दुर्गाथली गाउँपालिका–२ का ३२ वर्षीय विनोद रावल र जयपृथ्बी नगरपालिका–७ का दिनेश महरले मादक पदार्थ सेवन गरेर एक आपसमा झगडा र होहल्ला गरेका थिए।

होटल सञ्चालक कौशीला धामीले प्रहरीलाई खबर गरेपछि प्रहरी हवल्दार गणेश मल्लको कमाण्डमा ४ जनाको प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले बताए।

रावल र महरलाई नियन्त्रणमा लिने क्रममा विनोद रावलले धुली बझाङ दरबन्दी भएका सहायक प्रहरी हवल्दार योगेन्द्र खड्कालाई ढुङ्गा प्रहार गरका हुन्। ढुङ्गा प्रहारबाट सहायक प्रहरी हवल्दार खड्काको टाउकोमा चोट लागेको छ।

उनको प्राथमिक स्वास्थ्य चौकी झोतामा सामान्य उपचार पश्चात जिल्ला अस्पताल बझाङमा उपचार भईरहेको छ। कुटपिट गर्ने रावल र महरलाई प्रहरीको नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

कुटपिटबाट घाइते प्रहरी हवल्दार खड्काको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक चौधरीलेजानकारी दिए।

Deep Jyoti Pustak psl
Loading...