डडेल्धुरा : डडेल्धुराका एक जना लागूऔषधसहित पक्राउ परेका छन्।
अमरगढी नगरपालिका–२ चालिसे मोड नजिकबाट ०.४९५ किलोग्राम लागूऔषध (चरेश)सहित अमरगढी नगरपालिका–४ का ४३ वर्षीय कमल गुरुङ शुक्रवार दिउँसो पक्राउ परेका हुन्।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी बागबजारबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनले प्रयोग गरेको से.७ प. ३६१५ नम्बरको मोटरसाईकलको दाहिने लेकगार्डमा झुण्डाई लुकाई छिपाई राखेको चरेस फेला पारी उक्त पदार्थ र मोटरसाईकल सहित गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।