आज बझाङका तीन घरमा आगलागी

बझाङ : बझाङमा एकै दिन तीन घरमा आगलागी भएको छ।

मष्टा गाउँपालिका –६ रिलुका जिते रोकाया, ईश्वर रोकाया र लोकेन्द्र रोकायाको घरमा आज (सोमवार) दिउँसो आगलागी भएको हो। सङ्गै जोडिएका ३ तले पथ्थरले छाएका घरहरुमा आज दिउँसो साढे १२ बजेतिर अचानक आगलागी भएको प्रहरीले बताएको छ।

स्थानिय र प्रहरीको सहयोगमा आगलागि नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

आगलागीबाट भएको क्षतिको पुर्ण विवरण आउन भने बाँकि रहेको प्रहरीले जानकारी दिएको छ।

Deep Jyoti Pustak psl
Loading...