बझाङ : बझाङमा हिजो आगलागी भएका ३ परिवारलाई राहत वितरण गरिएको छ ।
मष्टा गाउँपालिका–६ का तीन परिवारलाई गाउँपालिकाले राहत वितरण गरेको हो । तत्कालका लागि राहत स्वरुप चामल, पाल, ब्लांकेट लगायतका सामग्री सहयोग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद सुवेदीले बताए ।
सोमवार विजय रोकाया, लोकेन्द्र रोकाया र ईश्वर रोकायाको घरमा आगलागी भएको थियो । सङ्गै जोडिएका तीन घरमा आलागी हुँदा घरभित्रका सुनका गहना, नगद पैसा, अन्नपात जलेर नष्ट भएका बताइएको छ ।
आगो लाग्नुको कारण थाहा नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको बझाङ प्रहरीले जनाएको छ ।
