अत्तरिया उद्योग वाणिज्य संघले गर्यो गोदावरी होटल व्यवसायी संघको नवनिर्वाचित टोलीसँग भेटघाट तथा स्वागत
अत्तरिया : कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले भेटघाट तथा स्वागत कार्यक्रम गरेको छ । गोदावरी होटल व्यवसायी संघको नवनिर्वाचित टोलीसँग भेटघाट तथा स्वागत गरेको हो ।
गोदावरी होटल व्यवसायी संघको छैठौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले होटल व्यवसायी लक्ष्मण धामीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । उक्त टोलीसँग अत्तरिया उद्योग वाणिज्य संघले भेटघाट तथा स्वागत गरेको हो ।
अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिँह बोहराले होटल व्यवसायी संघ र अत्तरिया उद्योग वाणिज्य संघ एकआपसमा सहकार्य गरेर जानुपर्ने बताए ।
उनले उद्योग वाणिज्य संघले व्यवसायीहरुको हकहितका लागि कार्य गर्ने र गोदावरी होटल व्यवसायी संघले पनि सोही काम गर्ने भएकाले अत्तरिया क्षेत्रका दुवै संस्था एकजुट हुनुपर्ने बताए ।
उनले होटल व्यवसायी संघलाई उद्योग वाणिज्य संघका तर्फबाट हरेक किसिमको सहयोग रहने बताए । स्वागत तथा भेटघाट कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारी तथा निर्वतमान अध्यक्ष लगायतको सहभागीता रहेको थियो ।