धनगढी : नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा) रेशम पक्षको बहिस्कारका बीच सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्।
भर्खरै सम्पन्न प्रदेशसभा बैठकमा सोडारीको पक्षमा २८ मत प¥यो भने विपक्षमा शून्य मत प¥यो। कांग्रेस, नाउपा रेशम पक्षका र राप्रपाका सांसदहरू भने विश्वासको मतका लागि भएको मतदान प्रक्रियामा सहभागी नभई बैठक बहिष्कार गरे।
नेकपा एकीकृत समाजवादीका सोडारीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नाउपा रन्जिता पक्ष र स्वतन्त्र सांसदले विश्वासको मत दिए। सुदूरपश्चिममा ५३ सांसद छन्।
यहाँ नेकपा एमालेका ११, नेकपा माओवादी केन्द्रका सभामुख बाहेक १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका ७ र स्वतन्त्र एक सांसद छन्।