अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न २ जना पक्राउ

अत्तरिया : कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न होटल संचालक सहित २ जना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियाको आर्दश टोलस्थित धर्मा होटलबाट होटल सञ्चालक पुरुष र एक महिला गरि दुई जना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शनीबार राती पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Loading...