आइपिएलका महँगा क्रिकेटर पन्त, लखनउले किन्यो २७ करोडमा

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन् ।

यससँगै उनी आइपिएलका सर्वाधिक महँगो क्रिकेटर बने । आइपिएल २०२५ का लागि भएको अक्सनमा ऋषभलाई आफ्नो टिममा ल्याउन लखनउ सुपर जायन्ट्सले महँगो रकम खर्चेको हो ।

यसै गरी पन्जाब किङ्ग्सले पनि श्रेयस एयरका लागि २६ करोड ७५ लाख भारतीय रुपैयाँ रकम खर्च गर्यो । श्रेयसको बेस प्राइस दुई करोड मात्र थियो ।

पछिल्लो आइपिएलमा अस्ट्रेलियाका तेज बलर मिचेल स्टार्क कीर्तिमान रकममा बिक्री भएका थिए । सो समय कोलकाता नाइट राइडर्सले स्टार्कमाथि २४ करोड ७५ लाख भारतीय रुपियाँ खर्चेको थियो ।

यसपालि स्टार्क ११ करोड ७५ लाखमा दिल्ली क्यापिटल पगे । यसै गरी आइतबार तेज बलर अर्सदीप सिंह १८ करोड भारतीय रुपियाँमा पन्जाब किङ्ग्स र मोहम्मद सामी १० करोड भारतीय रुपियाँमा सनराइजर्स हैदरावादमा पुगेका छन् । इङ्् ग्ल्यान्डका जस बटलरलाई गुजरात टाइटन्सले १५ करोड ५० लाख रुपियाँमा खरिद गर्यो ।

Loading...