कैलालीमा लागूऔषधसहित १८ वर्षीय किशोर पक्राउ

अत्तरिया : कैलालीमा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्।

जानकी गाउँपालिका–७ खल्ला गलौरी स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई २७० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ।

किशोरलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
अत्तरिया

Deep Jyoti Pustak psl
Loading...