धनगढी : कैलालीको अत्तरिया बसपार्कमा टीभीएसको ‘एक्सचेञ्ज मेनिया’ हुने भएको छ ।
यही भदौ १ गतेदेखी जगदम्बा मोटर्सको अत्तरियाका लागि आधिकारिक बिक्रेता बागेश्वरी मल्टिमोटर्सले ‘एक्सचेन्ज मेनिया’ गर्ने भएको हो । पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ सवारी किन्न चाहने ग्राहकहरूलाई लक्षित गरी कम्पनीले उक्त विशेष अफर सार्वजनिक गरेको जगदम्बा मोटर्सका सञ्चालक प्रेम साउँदले जानकारी दिए ।
उनले अत्तरिया बसपार्कमा भदौ १ गतेदेखि ६ गतेसम्म एक्सचेञ्ज मेनिया चल्ने बताए । उनका अनुसार उक्त एक्सचेन्ज मेनियामा जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल वा स्कुटरहरु टीभीएसका नयाँ मोटरसाइकल र स्कुटरसँग साट्न पाइनेछ ।
एक्सचेञ्ज मेनियामा पुरानो नगुड्ने मोटरसाइकल वा स्कुटर भएपनि त्यसको न्युनतम ३० हजार रुपैयाँ मूल्यांकन हुने साउँदले बताए । उनका अनुसार एक्सचेन्ज गरिएको साधनमा १० हजार मूल्यांकन रकम थप गरिनेछ ।
नयाँ मोटरसाइकल वा स्कुटर खरिदमा न्यूनतम ८ हजार क्यास डिस्काउन्टको व्यवस्था गरिएको छ । साथै हेल्मेट, व्याग र बाइक कभर निःशुल्क दिइनुका साथै टीभीएस लाइफटाइम वारेन्टीको पनि व्यवस्था गरिएको छ जसले ग्राहकलाई थप विश्वास र सुविधा दिने कम्पनीको विश्वास छ ।