धनगढी : कैलालीको धनगढीबाट भन्सार छलीका सुर्ती, ब्यागलगायतका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–१४ “जि” गाउँ घागल टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४१ हजार ५ सय बराबरको सुर्ती, ब्याग, साइकल लगायतका सामान प्रहरीले शुक्रवार बरामद गरेको हो।
उक्त सामान इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।