गोदावरीमा डडेल्धुराका युवकमाथि चक्कु प्रहार, १० जना पक्राउ

धनगढी : कैलालीको गोदावरी नगरपालिका–४ को शुभम होटलमा खाना खाइरहेका बेला डडेल्धुराका गौरव ऐरमाथि चक्कु प्रहार गरेको घटनामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले भारततर्फ भागिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–२ का सन्नी नेपालीसहितका १० जनालाई गएराति पक्राउ गरेको हो।

उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। भारततर्फ भाग्दै गरेका उनीहरूलाई सीमा नाका नजिकैबाट पक्राउ गरिएको थियोे।

पक्राउ परेका १० जना नै भारततर्फ भागिरहेका थिए। डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ का ३२ वर्षीय ऐरमाथि आइतवार राति चक्कु प्रहार गरिएको थियो। उनलाई उपचारका लागि भारत लगिएको छ।

Dhn Upa. Dashain 2082
Loading...