कञ्चनपुरमा जुवातास खेलि रहेका ९ जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा जुवातास खेलि रहेका ९ जना पक्राउ परेका छन्।

कञ्चनपुर बेदकोट नगरपालिका ९ कोल्डस्टोर स्थित बिकास बमले संचालन गरेको अम्बै कटेजमा जुवातास खेलि खेलाइ रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले ९ जनालाई पक्राउ गरेको हो।

उनीहरुलाई नगद १ लाख ६९ हजार ९३५ रुपैँयासहित नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Dhn Upa. Dashain 2082
Loading...