बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा सुरु हुने

बाजुरा : सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा पूजा सुरु हुने भएको छ।

बडीमालिका मन्दिरका पुजारी नेत्र पाध्यायका अनुसार मुख्य पूजा भदौ ११ गते हुने भए पनि एकै दिन अत्यधिक भीड हुने भएकाले दर्शनार्थीको सहजताका लागि भदौ १ गतेदेखि नै पूजा सुरु गर्न लागिएको हो।

बडीमालिकामा हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन मुख्य पूजा गर्ने परम्परा छ। मुख्य पूजाका अतिरिक्त अन्य समयमा पनि तीर्थालु तथा पर्यटक पुग्ने गरेका छन्।

Deep Jyoti Pustak psl
Loading...