कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

कञ्चनपुर : कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्क र बेदकोट नगरपालिका–६ सुडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५ लाख ८६ हजार ९५० मूल्य बराबरको भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो।

भन्सार छलीका किरानाका सामान, एक थान मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले आइतवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...