एभरेष्ट एकेडेमीको २०औँ वार्षिकोत्सव समारोह सुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका– १ मा रहेको एभरेष्ट एकेडेमी माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोह सुरु भएको छ ।

बुधबारदेखी विद्यालयको २०औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सुरु भएको हो । समारोहको एक औपचारीक कार्यक्रमका बिच सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी.एन जोशीले समुद्घाटन गरे ।

दुई दिन सम्म चल्ने समारोहमा बुधबार पहिलो दिन कक्षा ६ देखी १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । बिहिबार कार्यक्रमको अन्तिम दिनमा कक्षा पिजि देखी कक्षा ५ सम्मका विद्यार्थीहरुको सहभागिता रहने विद्यालयका प्रिन्सिपल शिवराज जोशीले जानकारी दिए ।

उनले विद्यालयमा रहेका सम्पुर्ण विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाउने अवसर पाउन भन्ने ध्येय राखेर वार्षिकोत्सव कार्यक्रम दुई दिन आयोजना गरिएको बताए । कार्यक्रमका विद्यार्थीहरुले आफ्ना विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयले आयोजना गरेका तथा अन्य विभिन्न सांस्कृतिक, शैक्षिक गतिविधि तथा खेलकुद प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

Loading...