कैलालीमा खैरो हेरोइनसहित तीन जना पक्राउ

कैलाली : कैलालीको टिकापुर नगरपालिका–९ खक्रौलाबाट ७३० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित २३ वर्षीय सन्तोष बि.क. पक्राउ परेका छन्।

उनलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले बुधबार साँझ शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो। यसैगरी टिकापुर–९ स्थित मोहना नदी किनारबाट २ ग्राम ४८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २५ वर्षीय उमेश साँउद र २५ वर्षीय प्रकाश बि.क. पक्राउ परेका छन्।

उनीहरूलाई पनि प्रहरी चौकी कालाकुण्डाको टोलीले बुधबार राति चेकजाँचका क्रममा नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...