गोदावरी-६ मा बाघको आक्रमण, स्थानीय त्रसित

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-६ स्थित रामजानकी टोलमा बाघले स्थानीय सुर्ज कुमार चौधरीको बाख्रामाथि आक्रमण गरेको छ ।

स्थानीय मान ऐरका अनुसार हिजो राति बाघले बाख्रा र बंगुरमाथि आक्रमण गरेर मारेपछि गाउँमा त्रास फैलिएको छ । एक हप्ता अगाडि सोहि टोलमा बाघले अज्जब रानाको बंगुरमाथि पनि आक्रमण गरेको स्थानीय केशव विष्टले बताए । सोहि वडामा रहेको शैलेश्वरी माविको सिसिटिभि फुटेमा हिजो राति बाघ हिनेको देखिएको छ ।

Dhangadhi_Tihar 2083

बाघको आवतजावत हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्थानीयवासीलाई विशेषगरी बिहान, साँझ र रातिको समयमा एक्लै बाहिर ननिस्कन तथा घरपालुवा पशुचौपायालाई सुरक्षित स्थानमा राख्न आग्रह गरिएको छ ।

त्यस्तै, रातिको समयमा बाहिर निस्कनुपरे टर्च वा बत्तीको प्रयोग गर्न पनि अनुरोध गरिएको छ ।

घटनापछि स्थानीयवासीले स्थानिय सरकार, प्रहरी प्रसासनको ध्यानाकर्षण गराउँदै उक्त क्षेत्रमा सुरक्षा निगरानी बढाउन, बाघबाट हुन सक्ने थप क्षति रोक्न आवश्यक कदम चाल्न र पीडित किसानलाई उचित राहत उपलब्ध गराउन माग गरेका छन् ।

Loading...