कैलालीमा इप्रकाकै छतबाट खसेर प्रहरी जवानकाे मृत्यु

धनगढी : कैलालीमा इलाका प्रहरी कार्यालय टीकापुरकाे छतबाट खसेर एक प्रहरीकाे मृत्यु भएको छ ।

साेमबार राति करीब ११ बजेतिर कार्यालय भवनकाे छतबाट खसेर अन्दाजी ३० वर्षीय सन्देश चदाराकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले बताए । उनकाअनुसार चदारा बझाङकाे तलकाेट गाउँपालिका-१ का बासिन्दा हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ भने मृतकका शव परीक्षणका लागि टीकापुर प्रादेशिक अस्पतालमा राखिएको छ ।

Loading...