बीबीसीको विश्वका प्रभावशाली १०० महिलाको सूचीमा रुक्शाना

काठमाडौं : बीबीसीले सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूची सार्वजनिक गरेको छ । जसमा नेपालकी ‘पारलिंगी महिला’ ट्रान्सजेन्डर वुमन रुक्शाना कपाली पनि परेकी छिन् ।

ट्रान्सजेन्डर मानवअधिकार कार्यकर्ता रुक्शाना नेपालमा एलजीबीटीक्यूं समुदायको कानुनी तथा संवैधानिक अधिकारको क्षेत्रमा सक्रिय रहेकाले उनलाई प्रभावशाली महिलाको सूचीमा राखेको बीबीसीले स्पष्ट पारेको छ ।

उनको एसएलसीको सर्टिफिकेटमा ‘पुरुष’ लेखिएको थियो । तर आफूले बुझ्ने भएपछि पारलैंगिक महिला हुँ भन्ने महसुस गरेको तर प्रमाणपत्र सच्याउन सास्ती पाएपछि उनी आफू जस्तै अन्यको अधिकारका लागि पनि लड्न थालेकी हुन् ।

उनी अहिले पूर्वाञ्चल विश्वविद्यालयमा रहेर कानुन विषय पढ्दै छिन् ।

Loading...