दुर्गालक्ष्मीका पूर्वक्याम्पस प्रमुख कडायतले अर्थशास्त्रमा गरे विद्यावारिधि

अत्तरिया : सुदूरपश्चिमको शैक्षिक क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका अर्थविद् डा. गिरीराज कडायतले अर्थशास्त्र विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन् ।

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख तथा लोटस आई अंग्रेजी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कडायतले भारतको महात्मा ज्योतिबा फुले रोहिलखण्ड विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा विद्यावारिधि उपाधि हासिल गरेका हुन् । उक्त विश्वविद्यालयले भारतको राष्ट्रिय मूल्याङ्कन तथा प्रत्यायन परिषद् (एनएएसी) बाट A++स्तरको मान्यता प्राप्त गरेको जनाइएको छ ।

राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित कडायतले सुदूरपश्चिमको शैक्षिक विकासमा लामो समयदेखि योगदान दिँदै आएका छन् । उनले दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयलाई उच्च माध्यमिक तहसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्थापना र शैक्षिक विकासमा समेत अग्रणी भूमिका खेलेका थिए ।

शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका कडायतले निरन्तर अध्ययन, अनुसन्धान र प्राज्ञिक उन्नयनलाई प्राथमिकता दिँदै आएका छन् । उनको विद्यावारिधि उपाधिलाई लामो समयदेखिको शैक्षिक साधना, मेहनत र अनुसन्धानप्रतिको समर्पणको उपलब्धिका रूपमा हेरिएको छ ।

कडायतले विद्यावारिधि उपाधि हासिल गरेपछि लोटस आई परिवारले खुसी व्यक्त गर्दै उनलाई बधाई तथा शुभकामना दिएको छ । परिवारले उनको यो उपलब्धिले सुदूरपश्चिमको शैक्षिक क्षेत्रलाई गौरवान्वित बनाउनुका साथै विद्यार्थी, युवा तथा भावी पुस्तालाई उच्च शिक्षा र अनुसन्धानका क्षेत्रमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेको छ ।

विद्यावारिधि उपाधिसँगै कडायतको शैक्षिक तथा प्राज्ञिक यात्राले थप उचाइ प्राप्त गर्ने र शिक्षा, अर्थनीति, अनुसन्धान तथा सामाजिक रूपान्तरणका क्षेत्रमा उनको योगदान अझ विस्तार हुने अपेक्षा गरिएको छ ।

Loading...