धनगढी : कैलालीको धनगढीमा बालिकालाई करणी गरेको आरोपमा एक बालकलाइ पक्राउ गरिएको छ।
धनगढी उपमहानगरपालिका–२ की ११ वर्षीया बालिकालाई करणी गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। २० गतेको घटना भएपनि जिल्ला प्रहरी कार्यालय कैलालीमा सोमवार जाहेरी दर्ता भएको हो।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए।
उनले बालिकाको स्वास्थ्य परीक्षण गरेर कानुनी प्रक्रिया अघि बढेको बताए।