सुदूरपश्चिमका दुइ जील्लाबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढी : सुदूरपश्चिमका दुइ जील्लाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन।

कैलालीको धनगढी उपमहानगरपालिका–२ फन पार्क स्थित २ ग्राम ३६० मिलिग्राम लागूऔषधसहित गोदावरी नगरपालिका–१ बस्ने २५ वर्षीय बिजय बिष्ट र कञ्चनपुरको बेदकोट नगरपालिका–६ सिसैयाबाट ०.०६ ग्राम लागूऔषधसहित बेदकोट–७ बस्ने २५ वर्षीय कैलाश पाण्डे पक्राउ परेका हुन्।

कैलालीका बिष्टलाई सोमवार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।

यस्तै कञ्चनपुरका पाण्डेलाइ पनी सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले पाण्डेलाई पक्राउ गरिएको कञ्चनपुरका डीएसपी प्रकाश डांगीले बताएका छन्।

पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Loading...