नेविसंघको गोदावरी नगर सभापतिमा बुढाथोकी

अत्तरिया : नेपाली कांग्रेसको बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघ (नेविसंघ) कैलालीको गोदावरी नगर सभापतिमा दिल बहादुर बुढाथोकी लाई जिम्मेबारी तोकिएको छ । नेविसंघ जिल्ला कार्यसमितिले बुढाथोकीलाई मनोनयन गरी जिम्मेबारी तोकेको हो ।

बुधबार अत्तरिया स्थित नेपाली कांग्रेस क्षेत्र नम्बर ४ को क्षेत्रिय पार्टी कार्यालयमा बुढाथोकीले सभापति तोकिएको जिम्मेबारी पत्र प्रदान गरेका हुन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति बसन्त रोकाया, कांग्रेसका नेता तथा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट, कांग्रेसका कैलाली जिल्ला पार्टी प्रवक्ता प्रेम भट्ट, नेविसंघका केन्द्रिय सदस्य कुवेर खडका, नेविसंघ कैलालीका जिल्ला सभापति मनिष कुँवर लगायतका नेताहरुले उनले जिम्मेवारी पत्र हस्तान्त्रण गरेका हुन् ।

यस्तै नगर सदस्यहरुमा ९ जना मनोनीत भएका छन् । मनोनित हुनेहरुमा भिम बहादुर खडका, पुष्पा बुढा, लाल बहादुर खत्री, मीन कँवर, रोशनी शाह, नितु बोहरा, यज्ञ भण्डारी, मदन ओझा र दिपेन्द्र साउँद रहेका छन् ।

Loading...