अत्तरिया : नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल गोदावरीको नगर सभापतिमा रमेश राज भट्टराईलाई जिम्मेवारी तोकिएको छ । नेपाल तरुण दल कैलालीले गोदावरी नगरपालिकाको नगर सभापतिमा भट्टराईलाई मनोनित गरि जिम्मेवारी दिएको हो ।
बिहीबार भट्टराईले सभापति तोकिएको जिम्मेबारी पत्र प्रदान गरेका छन् ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति बसन्त रोकाया, कांग्रेसका नेता तथा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट, अत्तरिया उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष अशोक राज देवकोटा लगायतका नेताहरुको उपस्थितीमा उनलाई जिम्मेवारी पत्र हस्तान्त्रण गरिएको थियो।
गोदावरी-३ निवासी भट्टराई विगतदेखी नै नेपाली कांग्रेसको राजनितिमा सक्रिय रहदै आएका छन । उनी अत्तरिया उद्योग बाणिज्य संघका सदस्य समेत हुन ।

