अत्तरियामा यसरी हुदैछ सुदुरपश्चिम प्रादेशिक महोत्सवको तयारी  (भिडियो)

अत्तरिया : कैलालीको अत्तरियामा आयोजना हुन लागेको महोत्सवको तयारी भइरहेको को छ ।

अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा यहि पुस २६ गते देखी माघ ७ गते सम्म सञ्चालन हुन गईरहेको सुदुरपश्चिम प्रादेशिक महोत्सवको तयारी भइरहेको हो। संघले महोत्सवका लागि विभिन्न संरचनाहरु निर्माण गर्ने काम सुरु गरेको छ ।

यसरी हुदैछन संरचना निर्माण (भिडियो)

समृद्ध प्रदेशको आधार, कृषि पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ २०७२ सालबाट शुरु भएको महोत्सव अहिले आठौं संस्करणको रुपमा सञ्चालन हुदैछ ।

महोत्सवमा बिद्यार्थीहरुलाई ५० रुपैया टिकट र अन्यलाई १०० रुपैया तोकिएको छ भने अपांगता भएका व्यक्तिहरुको परिचयपत्रका आधारमा निःशुल्क प्रबेशको व्यबस्था समेत गरिएको आयोजकले बताएको छ ।

Loading...