साइबर क्राइममा पक्राउ परेका पत्रकार भट्ट र कुँवरलाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

धनगढी : कञ्चनपुरमा विद्युतीय अपराध गरेको अभियोगमा पक्राउ परेका पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत कञ्चनपुरले अनुमति दिएको छ ।

जिल्ला प्रहरी कार्यालयले शनिबार विद्युतीय अपराध (साइबर क्राइम) को मुद्दामा दुवै जनालाई पक्राउ गरेको थियो । प्रहरीविरूद्व लेखेकै कारण उनीहरूलाई पक्राउ गरेको भन्दै नेपाल पत्रकार महासंघ लगायतका पेशागत संगठनले विरोध जनाएका थिए ।

उनीहरूलाई तत्काल रिहा गर्न माग गरेका थिए । तर कञ्चनपुर प्रहरीले भने सामाजिक सञ्जालमा जथाभावी लेखेर चरित्र हत्या गर्ने काम गरेको भन्दै उनीहरूलाई पक्राउ गरेको बताउँदै मुद्दा दायर गरेको छ ।

Deep Jyoti Pustak psl
Loading...