कैलालीको राजपुरबाट एक महिलाको उद्धार

धनगढी : कैलालीको धनगढीबाट एक महिलाको उद्धार गरिएको छ।

धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट मानसिक अवस्था ठिक नभएकी महिलाको उद्धार गरिएको हो।

कञ्चनपुर बनखेत घर बताउने मानसिक स्थिती सन्तुलनमा नरहेकी करिब २०/२२ वर्षीया दिलु बुढा नाम बताउने महिलालाई धनगढी नगर प्रहरीले उद्धार गरेको हो।

ती महिलालाई मानव सेवा आश्रम धनगढीमा बुझाइएको छ।

Loading...