एमाले कैलाली अधिवेशन : बुद्धिजिवी र मजदुरबाट पनि निर्विरोध

सुख्खड : नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन मार्फत केही पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

बुद्धिजीवी तर्फ हरिप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । मजदुर तर्फबाट जितबहादुर मल्ल,चन्द्रप्रकाश गैरे र हिरा देवी विष्ट पनि निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै लेखा समितिको उपाध्यक्षमा पार्वती बराइली (रेसु) निर्विरोध निर्वाचित हुँदा सचिवमा गणेश बहादुर बोहरा पनि निर्विरोध भएका छन् । एक एक पदको उपाध्यक्ष र सचिवमा उनीहरु दुई जनाको मात्रै उम्मेदवारी परेको थियो ।

त्यस्तै अध्यक्षमा जनक राज जोशी र रामचन्द्र जोशी बिच प्रतिस्पर्धा हुने भएको छ भने चार सदस्यको लागि पाँच जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी, डेजी पाण्डे चुनावी मैदानमा छन् ।

उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी र लोकेन्द्र शाही उपाध्यक्षको प्रतिस्पर्धामा रहेका छन् ।

सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरीको मनोनयन परेको छ । उपसचिवमा राजु गुरुङ, किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट, भुवन रिजालले उम्मेदवारी दिएका छन् ।

त्यस्तै महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गाकुमारी चौधरी, शान्तिदेवी सिंह र गीता चौधरीको मनोनयन परेको छ ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले एक एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । आज मतदान मार्फत एमालेको नयाँ नेतृत्व चयन हुने छ।

Loading...