धनगढी : कैलालीको धनगढीबाट लागूऔषध मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका १ बस्ने ३० वर्षीय महित घिमिरेलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार घरबाट पक्राउ गरेको हो।
जिल्ला अदालत कैलालीले १९ दिन कैद सजाय फैसलाले सुनाएपछि उनी फरार रहेका थिए।
उनलाई प्रहरीले अदालतमा पेश गरिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।