धनगढी : कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–१ बालुवाघाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ४० हजार ५०० मूल्यको २७ पिस लेडिज सुट, धनगढी–२ ट्राफिक चौराहाबाट ३९ हजार ७८९ मूल्यको चिनी, प्याज, गुड, सरप, नरिवल, धोती र भजनी नगरपालिका–५ हलौनाघाटबाट १ लाख ६० हजार मूल्यको चिनी,बिडी,बिस्कुट,स्टिलको बाल्टिन,बिभिन्न प्रकारका पेय पदार्थ,मोटरसाईकल थान–१ लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त सामान शनिवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उता कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट १२ हजार बराबरको चिनी,चक्लेट,दुध पाउडर,अण्डा र दोधारा चाँदनी नगरपालिका–८ शिवनगर टोलबाट ५ हजार २८०।– मूल्यको ब्लाङकेट,तन्ना लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएके छ।