नेदरल्यान्ड्स सँगको खेलमा नेपालले दोस्रो सफलता पायो

काठमाडौं : त्रिकोणात्मक टी २० आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले दोस्रो सफलता पाएको छ । ८.६ ओभरमा कुशल मल्लले माइकल लेभिटलाई विकेट किपर आशिफ शेखको हातबाट स्टम्पिङ्ग गराएका हुन् ।

आउट हुनुअघि उनले ५४ रन बनाए । उनले ५ चौका र ३ छक्का हानेका थिए । उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर ७७ रन छ । यसअघि करण केसीले म्याक्स ओडाउडलाई ४ रनमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराएका थिए ।

त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

Deep Jyoti Pustak psl
Loading...